तनहुँ । तनहुँको दुलेगौँडामा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–१० शिसुवा स्थायी घर भई हाल शुक्लागण्डकी–४ दुलेगौँडा प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय मनबहादुर नेपालीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
बेलुका करिब ९ः३० बजे मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमती शुशिला वि.कले श्रीमान् मनबहादुरको टाउकोमा ढुङ्गाले हान्दा गम्भीर घाइते भएका थिए। घाइते उनलाई बेलचौतरास्थित जी.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिएकोमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको हो।
प्रहरीले घटनामा संलग्न श्रीमती शुशिला वि.कलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जनाएको छ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते