पेरुमा एक महिने संकटकाल घोषणा

पेरुमा एक महिने संकटकाल घोषणा

Preu

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुमा देशव्यापी संकटकाल घोषणा गरिएको छ ।

महाअभियोग लगाएर राष्ट्रपति पेद्रो क्यास्तिलोलाई पदबाट हटाएपछि सुरू भएको राजनीतिक उथलपुथल नियन्त्रणमा नआएपछि संकटकाल घोषणा गरिएको हो ।

त्यहाँका रक्षामन्त्री अल्बर्टो ओटारोलाले कुनै पनि आन्दोलन तथा सभा सम्मेलन गर्ने अधिकारहरु निलम्वन गर्दै ३० दिनका लागि संकटकाल लागू गरिएको घोषणा गरेका हुन् ।

सडक अवरुद्ध गर्ने अथवा तोडफोड गर्ने क्रियाकलाप भए कर्फ्यु लगाउने र कठोर कारबाही गर्ने पनि चेतावनी दिइएको छ ।

न्यायाधीशले पूर्व राष्ट्रपति क्यास्तिलोलाई विद्रोह र षडयन्त्रको अभियोगमा जेलमै राख्न आदेश दिएपछि देशव्यापी प्रदर्शन भड्किएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds