पालिकाहरुमा प्रदेशका एकिकृत यूनिट आवश्यक : मन्त्री बराल

पालिकाहरुमा प्रदेशका एकिकृत यूनिट आवश्यक : मन्त्री बराल

317617727_1287673182023942_7560331943233353277_n

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले स्थानिय पालिकाहरुमा प्रदेशका एकिकृत यूनिट स्थापना गर्न आवश्यक भएको बताएका छन् ।

अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको प्रदेश आर्थिक कार्यविधि तथा विक्तिय उत्तरदायित्व नियमावली २०७९ को मस्यौदा माथि भएको छलफलमा वोल्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन्।

प्रदेशका विभिन्न मन्त्रालयहरुले जिल्ला स्थित कार्यालयहरु स्थापना गर्दै जादा प्रदेशमा आर्थिक भार बढ्ने हुँदा त्यसलाई आर्थिक रुपमा र जनतालाई सहज तथा सरल ढंगबाट सेवा प्रवाह गर्न पनि पालिकाहरुमा प्रदेशको एकिकृत यूनिट स्थापना गर्न आवश्यक भएको उनको भनाई थियो । संघियताको पहिलो ५ बर्षको अनुभवले अब कम्तिमा प्रदेशको अपनत्व हुने गरी हरेक कार्यविधि तथा ऐन कानून बनाउदा ख्याल गर्नुपर्ने मन्त्री बरालले बताए ।

प्रदेशमा शुसासन कायम गरी र प्रगतीको पथमा लैजानको लागि अब ५ बर्षको अनुभवबाट शिक्षा लिई प्रदेशका मुख्यमन्त्री, मन्त्री, कर्मचारीहरुले प्रदेशको आफ्नो बिषेशताको महत्व बुझि अपनत्व हुने गरी केही न केही गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । प्रदेशको आन्तरिक श्रोत बृद्धि नगरी प्रदेश हुनुको अर्थ नहुने ठानेर आफुले केही सार्थक प्रयास गरेको उनले बताए ।

गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, अर्थ सचिव बिष्णुप्रसाद शर्मा लगायत प्रदेशका विभिन्न मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको अर्थ मन्त्रालयका कानून अधिकृत तेजेन्द्र प्रसाद ढकालले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ