नवौं खेलकुदमा पदक ल्याउने खेलाडीलाई पोखरा ९ बाट नगद सहित सम्मान

नवौं खेलकुदमा पदक ल्याउने खेलाडीलाई पोखरा ९ बाट नगद सहित सम्मान

318470724_5279651142139990_4172050095670585770_n

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ९ को कार्यालयले नवौं खेलकुद प्रतियोगितामा पदक ल्याउने खेलाडीलाई नगद सहित सम्मान गरेको छ । पोखरा महानगरपालिका ९ मा स्थायी रुपमा बसोबास गरेका तथा पोखरा ९ बाट खेलेका १२ जना खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकलाई सोमबार एक समारोहका बिच नगद सहित सम्मान गरेको हो ।

सम्मानित हुने खेलाडीहरुमा ४५ के.जी. तौल समुहको फुल कन्ट्याक कराँते महिला तर्फ स्वर्ण पदक विजेता पुक्ष्पा कुंवर, सोहशी इभेण्टको ५० के.जी. तौल समुह पुरुष तर्फको स्वर्ण पदक विजेता अनिश बुढा मगर, स्क्वास एकल तथा टिम इभेण्टमा स्वर्ण पदक विजेता दीपक थापा, स्क्वासमा स्वर्ण पदक विजेता हिराकाजी श्रेष्ठ र बक्सिङ तर्फ स्वर्ण पदक विजेता दीपक सुनार रहेका छन्। त्यसै गरी स्वर्ण पदक दिलाउन अहोरात्र खटिएकी बक्सिङ प्रशिक्षक प्रियन्का बर्मा सम्मानित भएकी छन्।

त्यस्तै फुल कन्ट्याक कराँते खुल्ला तर्फ रजत पदक विजेता रुपक नेपाली, सोही इभेण्टको पुरुष ६५ के.जी. तौल समुहमा रजत पदक विजेता शिव भुजेल, उसु ७० के.जी. तौल समुहमा रजत पदक विजेता अनिश आले मगर, टेबल टेनिस मिक्स डबलमा कास्य पदक विजेता मुना थापा, फुटवल तर्फको कास्य पदक विजेता खेलाडीहरु मानबहादुर तामाङ र बिजय श्रेष्ठ सम्मानित भएका हुन्। टेबुल टेनिस प्रशिक्षक उत्तम जोशी र पोखरा ९ का व्यबस्थापक अमन केसीलाई सम्मान गरिएको थियो । स्वर्ण पदक विजेतालाई नगद १० हजार, रजत पदक विजेतालाई ५ हजार र कास्य पदक विजेतालाई भने ३ हजार साथमा प्रशंसा पत्र प्रदान गरिएको हो ।

खेलाडीहरुको हौसला र प्रोत्साहनको लागि पोखरा ९ ले खेलाडी सम्मान गरेको पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताए । आफ्नो परिवार खेलकुदसंग आबद्ध भएको हुनाले पनि आफुले खेलाडीहरुको सम्मान गर्ने एउटा सानो अभियान मात्र सुरु गरेको अध्यक्ष मर्सानीले बताए । उनले भने “पोखरा ९ बाट खेल्ने खेलाडीहरुलाई हामीले अब कुनै पनि खेलकुदमा लाग्दा अभाव नहुने गरी कुनै प्रकारको सहयोग गर्न तयार छौं, तपाईहरुले आफ्नो वडा देखि जिल्ला, क्षेत्र हुदै राष्ट्रको नाम उचो हुने गरी खेल्नुहोस तपाईहरुको आवश्यकता हामी पुरा गर्न प्रयत्न गर्ने छौं ।”

खेलाडी एवं प्रशिक्षक तथा व्यबस्थापकलाई वडा अध्यक्ष मर्सानीको साथमा वडा सदस्य भावना श्रेष्ठ, गिता ताम्र्राकार पोखरा ९ का खेल संयोजक राजेन्द्र पहारी, पोखरा ९ का वडा सचिव कुलराज पौडेल लगायतले सम्मान गरेका हुन्। कार्यक्रममा बोल्दै खेलाडी मुना थापा र प्रशिक्षक बर्माले यस्तो कार्यक्रमले आफुहरु निकै हौसला मिलेको बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन जोड दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ