मूल्य नबढाएसम्म मल सहज हुदैन : सचिव शर्मा

मूल्य नबढाएसम्म मल सहज हुदैन : सचिव शर्मा

mal-yuriya

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले मलको मूल्य बढाउने पर्ने बताएका छन् । सोमबार उनले मन्त्रालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा मलको मूल्य नबढाएसम्म सहज नहुने बताएका हुन् ।

त्यस्तै, उनले कृषि क्षेत्रको लागि छुट्याइएको पैसा अर्थ मन्त्रालयले रोकेको समेत गुनासो गरे । उनले भने, ‘पैसाको सुनिश्चित नभएसम्म हामीले काम गर्न नै पाउँदैनौँ । हाम्रो हातमा केही पनि छैन । अर्थले जुन पैसा छुट्याइएको छ, त्यो चाडै रिलिज गरिदिनु पर्‍यो । १५ अर्ब पैसा अर्थले रोकेर राखेको छ ।’

मलको समस्याबारे मन्त्रालयमा आफू किसानको प्रतिनिधित्व गर्दै आएको सांसद महेश बर्तौलाले बताए । उनले भने, ‘मलमा सबै भन्दा बढी समस्या मकवानपुर मा छ । समस्या सुनाउन पहिला कोही आएनन् । अब म आएको छु ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds