साविक विजेता फ्रान्स विश्व कप फुटबलको सेमिफाइनलमा

साविक विजेता फ्रान्स विश्व कप फुटबलको सेमिफाइनलमा

France

काठमाण्डाै । साविक विजेता फ्रान्स विश्व कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अलबेयत मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो ।

फ्रान्सका लागि १७ औँ मिनेटमा टचमेन्डीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफको ५४ औँ मिनेटमा इंग्ल्यान्डले पाएको पेनाल्टीलाई कप्तान ह्यारी केनले सदुपयोग गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ७८ औँ मिनेटमा ओलिभर जिरुडको गोलबाट फ्रान्सले पुनः अग्रता बनायो ।

त्यसको केही मिनेटमै इंग्ल्यान्डले पेनाल्टी पाए पनि केन गोल गर्न असफल रहे । उनको प्रहार पोस्टभन्दा माथिबाट गएको थियो ।

फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ ।

क्रोएसिया र अर्जेन्टिना यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ