टाइब्रेकरमा ४-३ ले हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

टाइब्रेकरमा ४-३ ले हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

Arjentina

काठमाण्डौ। अर्जेन्टिना कतार विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेका छ । शुक्रबार राति कतारको लुसैल रंगशालामा सम्पन्न पेनाल्टी शुट आउटमा नेदरल्यान्ड्सलाई ४–३ गोल अन्तरले हराउँदै जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ३५ औँ मिनेटमा नाहुल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। यस्तै, ७३ औँ मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रतालाई दोब्बर पारे ।

२-० ले पछि परेको नेदरल्याण्डका लागि खेलको ८३ औँ मिनेटमा वोउट विघ्रोस्टले गोल गर्दै नेदरल्यान्ड्सललाई २–१ मा फर्काएका थिए । लगत्तै खेलको इन्जुरी टाइमको अन्तिम मिनेटमा विघ्रोस्टले नै गोल गरेपछि नेदरल्यान्डले २-२- को बराबरी खेल्दै नाटकिय पुनरागमन गरेको थियो।
अन्ततः टाइब्रेकरमा पुगेको खेलमा अर्जेन्टिना ४-३ गोलले विजयी बन्न पुग्यो। यो जीत सँगै अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्नेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ