पोखरा । कास्की निर्वाचन क्षेत्र नं. २ की नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले विकास आयोजनाका काम कुनै पनि बहानामा अवरुद्ध हुन नहुने भन्दै सबै आयोजनाहरू निर्धारित समयमा सम्पन्न हुने गरी काम अगाडि बढाउन कास्कीका कार्यालय प्रमुखहरूलाई आग्रह गरेकी छन् ।
भट्टराईले विकासका लागि चालिएका कदम र भएका कठिनाइको समयमा पहिचान गरी समाधान खोज्न आफू सधैँ लागिपरेको भन्दै तत्काल रोकिएका आयोजनाका अगाडि बढाउन आग्रह गरिन् ।
शुक्रबार कास्कीका केही कार्यालय प्रमुख तथा आयोजना प्रमुखहरूसङ्ग उनले कास्कीमा चालू विभिन्न आयोजना तथा विकास निर्माणका बारेमा जानकारी लिँदै जिल्ला प्रशासन कार्यालय कास्कीको विशेष बैठकलाई सम्बोधन गर्दै यसमा जाेड दिएकी हुन् ।
सो अवसरमा प्रदेशसभा सदस्यहरू भिम कार्की, बिन्दु कुमार थापा, प्रकाश बराल लगायतले विकासमा साझेदारी र सहकार्य महत्वपूर्ण भएको भन्दै समयमा नै सबै योजना सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे।
कार्यक्रममा कास्कीका विभिन्न कार्यालयका प्रमुखहरूले आफ्नो कार्यालयका विकास आयोजनाहरूको प्रगति तथा कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएका थिए।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते