पत्रकार बञ्जारालाई ‘सुशासन पत्रकारिता’ पुरस्कार

पत्रकार बञ्जारालाई ‘सुशासन पत्रकारिता’ पुरस्कार

viber_image_

पाेखरा । लामो समयदेखि पोखरामा क्रियाशील पत्रकार यदुनाथ बञ्जारा सुशासन पत्रकारिता पुरस्कार २०७८ बाट सम्मानित भएका छन् ।

शुक्रबार आयाेजित कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयका प्रमुख पार्वती शर्मा, सुनास कास्कीका अध्यक्ष रवीन्द्रनाथ बास्तोलाले संयुक्त रुपमा नगद, दोसल्ला र सम्मान पत्रसहित पुरस्कार प्रदान गरेका थिए।

सुनास कास्कीका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको संयोजकत्वमा पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र पत्रकार श्याम कुँवर सदस्य रहेको छनोट समितिले बञ्जारालाई पुरस्कृत गर्ने निर्णय गरेकाे हाे ।

सराङकोट साप्ताहिक पत्रिकाका सम्पादक बञ्जारा पत्रकार महासंघ गण्डकीका सचिव एवं सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीका अध्यक्ष छन् । पत्रकार बन्जाराले देशान्तर साप्ताहिकबाट पत्रकारिता शुरुवात गरेका थिए ।

स्व. ई.लेख बहादुर गुरुङले स्थापना गरेकाे अक्षयकोषबाट सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले याे पुरस्कार सञ्चालन गर्दै आएकाे छ । हरेक वर्ष ९ डिसेम्बर का दिन याे पुरस्कार प्रदान गरिँदै आएकाे छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds