पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सङ्कटकालीन पूर्वअभ्यास

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सङ्कटकालीन पूर्वअभ्यास

Screenshot_1 copy

पोखरा । निर्माणकार्य सम्पन्न भइ संचालनको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आज ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यास सफलतापूर्वक सम्पन्न गरेको छ।

हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘जहाज दुर्घटना थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमअनुसार विमानस्थलले सङ्कटकालीन योजनाको अभ्यास अनुरुप ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ योजनावद्ध अभ्यास गरेको विमानस्थल प्रमुख विनेश मुनकर्मीले बताए।

यो अभ्यासमा हेलिकप्टर, दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा विमानस्थल सुरक्षासँग सम्बन्धित पेशाकर्मीहरु तैनाथ भएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds