पोखरा । नवनिर्वाचित नेकपा एमालेका प्रतिनिधि सभाका सदस्य विद्या भट्टराईले शैक्षिक पाठ्यक्रममा समावेश गरिएको महिला प्रजननका विषयहरु प्रभावकारी रुपमा पठनपाठन गरिनुपर्नेमा जोड दिएकी छन्।
सञ्चारिका समुह नेपाल गण्डकी प्रदेश तथा ग्लोबल एक्सन नेपालको संयुक्त आयोजना गरिएको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत महिनावारी शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
महिलाको प्रजनन अंगसंग जोडिएर गरिएका बहसहरु अझैपनि अपहेलित भएका भन्दै उनले यसप्रति समाजलाई सचेत र सकरात्मक बनाउनको लागि विद्यालय स्तरबाटै जतिपनि पाठ्यक्रममा समावेश गरिएका महिला प्रजननका विषयहरु छन् त्यसलाई प्रभावकारी रुपमा पठनपाठनमा जोड दिईनुपर्ने बताइन् ।
उनले बदलिदो समयमा केहि हदसम्म समाज यस विषयमा सकरात्मक भएपनि पुर्ण रुपमा व्यवहारमा लागु गर्नका शैक्षिक पहलमार्फत समाजलाई सचेत बनाउन सकिने बताइन् । “महिलाको प्रजनन स्वास्थ्य सामाजिक र राष्ट्रिय सरोकारको विषय हो, यस विषयमा राज्यबाट नीतिनियमहरु बनेका छन्”, उनले भनिन्, “यसलाई प्रभावकारी कार्यन्वयन गर्नको लागि विद्यालय स्तरबाट पनि शिक्षण सिकाईमा प्रभावकारी बनाउनु पर्छ ।”
त्यसैगरि कार्यक्रममा ग्लोवल एक्सन नेपालका डाईरेक्टर विके क्षेष्ठले महिलाहरुको शैक्षिक प्रगति, महिलाको स्वास्थ्य प्रजनन प्रति समाजको दृष्टिकोणलाई राज्यले नै अवलम्वन गरिनुका साथै नितिनियममा ध्यान दिनु आवश्यक रहेको बताए ।
त्यसैगरि डव्ल्यु डब्ल्यु जेका गण्डकी अध्यक्ष सरिता तिमिल्सिना पंगेनीले अहिले महिनावारीका समयमा परिवार र समाजले रुढीवादी परम्पराका बाहानामा भएका दुव्र्यव्हारलाई लिएर महिलाले उजुरी दिएमा कानुनी दायरामा ल्याउने निति रहेको जानकारी दिइन् ।
राज्यबाट यस विषयमा कानुनी निति बनाएपनि महिनावारीका विषयमा परिवारबाट दुव्र्यव्हार भयो भनेर कसैले उजुरी दिएको छ भन्दै प्रश्न गरिन् ।
त्यसैगरि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले समाजमा रुढीबादी परम्पराको बाहानामा महिलाहरु माथी भएका दुव्यवहारका मुद्धाहरु सञ्चार माध्यमकै कारणले धेरै परिवर्तन भएको बताइन् । उनले सुदुरपश्चिममा हुने छाउपडी प्रथा देखि लिएर अहिले यस विरुद्ध राज्यबाट कानुन निर्माण गर्नुपर्ने आवाज उठ्नुमा सञ्चारमाध्यम मार्फत पत्रकारहरुले खेलेको भुमिका महत्वपुर्ण रहेको बताइन्।
कार्यक्रममा कास्की जिल्ला भित्रका विभिन्न विद्यालयका प्रअ तथा शिक्षकशिक्षिकाहरु करिव ५० जना भन्दा वढीको उपस्थिती रहेको थियो। कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष कविता श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सदस्य जुना थापाले गरेकी थिइन्।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर