पोखरा । आगामी पुस ६ गतेदेखि १० गतेसम्म पोखरामा हुने नेपाल लिटरेचर फेस्टिभलमा पूर्वप्रधानमन्न्री केपी ओली आउने भएका छन् ।
बुक वर्म फाउन्डेसनले आयोजना गर्ने फेस्टिभलमा वक्ताका रुपमा ओलीको सहभागिता हुने भएको छ । ओलीले लिटरेचर फेस्टिभलमा वक्ताका रुपमा सहभागी हुने पक्का गरेको फेस्टिभल निर्देशक नीरज भारीले जानकारी दिए ।
भारीका अनुसार नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीसँग फेस्टिभलमा गैरराजनीतिक विषयमा कुराकानी हुनेछ । अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीले ओलीसँग जीवन र जगत तथा प्रेम लगायत विषयमा कुराकानी गर्नेछन् ।
लिटरेचर फेस्टिभलको १० औं संस्करण पोखरा लेकसाइडको बाराही घाट नजिक फेवाताल किनारमा हुने भएको छ ।
फेस्टिभलका निर्देशक भारीले ओलीलाई निम्तो गरेको फेसबुकमा पोस्ट गर्दै लेखेका छन् – नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करणका वक्ताहरूलाई निम्तो दिने क्रममा सम्माननीय पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई मैले भेटें । उहाँले मसँग, तपाईंको कार्यक्रममा १५ मिनेटअघि नै आउँछु भन्नुभयो ।’
फेस्टिभलमा आउँदो पुस ७ गते हामीले ओलीज्यूको गैर-राजनीतिक व्यक्तित्वबारे सुन्नेछौं ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते