पोखरा । १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत टेबलटेनिस प्रतियोगितामा छात्र एकलतर्फ कास्की मोड्नाइज र छात्रातर्फ यूनिभर्स इङ्लिस बोर्डिङ स्कुल विजयी भएका छन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा सम्पन्न प्रतियोगितामा छात्रतर्फ कास्की मोड्नाईज एकेडेमीका मञ्जित थापा प्रथम, गोर्खा बोर्डिङ स्कुलका विजय विक द्वितिय, त्रिवेणी एकेडेमीका प्रवेश विक र पुष्प सदन एकेडेमीका अनमोल थापा तृतिय भए ।
यस्तै छात्रा एकलतर्फ यूनिभर्स इङ्लिस बोर्डिङ स्कुलकी करुण शर्मा प्रथम, साइनिङ स्टारकी सजिना राई द्वितिय हुँदा नेश्नल क्रियशनकी आस्था परियार र अल्फा एकेडेमीकी कृति गुरुङले तृतिय स्थान प्राप्त गरेको प्रतियोगिता संयोजक शिवराज पौडेलले जानकारी दिए ।
बुधबारबाट शुरु भएको प्रतियोगितामा छात्र–छात्रा गरेर ४२ विद्यालयले सहभागिता जनाएका थिए । विजयी खेलाडी तथा विद्यालयलाई भोलि शुक्रबार एक समारोहका विच शिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते