चितवन । चितवनमा पिकअप गाडी र मोटरसाइकल ठोक्किदा एक विदेशी नागरिकको मृत्यु भएको छ। अर्का एक विदेशीसहित दुई जना घाइते भएका छन्।
इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा आज बिहान १०ः१५ बजे भएको उक्त दुर्घटनामा परी जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेनको मृत्यु भएको हो। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नारायणगढबाट काठमाडौं जाँदै गरेको ना४१प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३–००१च१६८२ नंको पिकअप गाडी ठक्कर खाएको हो। ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन्।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअप गाडीमा सवार एक जना घाइते भएका छन्। मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिलाको अवस्था सामान्य रहेको छ।
पिकअप गाडीमा सवार तीनजनामध्ये धादिङको गल्छी गाउँपालिका–५ बस्ने ७३ वर्षीय वीरबहादुर तामाङ घाइते छन्। घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पिकअप गाडी चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ।
सम्बन्धित खबर
कोइला बोकेको ट्रक त्रिशूलीमा खस्योः चालकको मृत्यु, सहचालक घाइते
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
बाघलाई खुवाइएको मासुको पैसा तिर्न निकुञ्जसँग बजेट अभाव
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते
रवि लामिछानेलाई चितवनमा ५४ लाख धरौटी माग
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर