पोखरा । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नेपालका विभिन्न समुदायले आ–आफ्नै संस्कार र शैली अनुसार मनाउँदै छन्।
धान भित्र्याएपछि मंसिर शुक्ल पूर्णिमाका दिन धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ धानको चामल र त्यसैको पीठोको सेल, बाबर र पुरी मालपुवा बनाएर देवी देवतालाई चढाउने परम्परा छ। यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए।
यस दिन क्षेत्री तथा ब्राह्मण समुदायले देवी देवताका मन्दिर तथा थानहरुमा दूधधार तथा बली दिएर देवाली पनि मनाउने गर्दछन्। कतिपयले यसै दिन कुल पूजा पनि गर्ने गर्दछन्। नेवार समुदायले भने यो दिनलाई योमरी पुन्हीको रुपमा मनाउने गर्दछन्। योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ। नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा मनाउँछन्। साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि छ।
यस दिनलाई उपत्यकामा ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ। ज्यापु दिवसको अवसरमा साँस्कृतिक कार्यक्रम र र्यालीहरु निकाल्ने गरिन्छ। उता, पूर्वी पहाडका किरात समुदायले भने आजको दिनलाई उधौली पर्वको रुपमा मनाउने गर्दछन्। यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस्, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ। किरात समुदायका राई, लिम्बु, सुनुवार र याक्खाले यो पर्व मनाउछन्। आजैदेखि जाडो छल्न उधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको हो। पूजापछि साकेला नाच्ने गरिन्छ।
सम्बन्धित खबर
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन