नेसनल प्याब्सन खेलकुद महोत्सव सुरु, मार्च पासमा अन्जली र यूनिर्भस विजेता

नेसनल प्याब्सन खेलकुद महोत्सव सुरु, मार्च पासमा अन्जली र यूनिर्भस विजेता

318097503_1870405163299014_8797702440971984585_n

पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा आज (मंगलबार) देखि १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव सुरु भएको छ । यही मंसिर २३ गतेसम्म पोखरा सहित पोखरा रंगशालामा संचालन हुने उक्त महोत्सवको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एक समारोहका बिच मंगलबार पोखरामा उद्घाटन गर्दै शिक्षासंगै बिद्यार्थीहरुलाई खेलकुदमा पनि प्रथामिकता दिन आग्रह गरे ।

खेलाडीहरु उत्पादन गर्ने तल्लो तह बिद्यालय क्षेत्र भएको उल्लेख गर्दै सदस्य सचिव घिसिङले बिद्यार्थीहरुको पढाईसंगै खेलकुदलाई समेत प्रथामिकता दिनुपर्ने उनको भनाई थियो । पोखरामा भएका खेलकुदको संरचनालाई उचित ढंगले संरक्षण गर्दै खेलाडीहरु उत्पादन हुने गरी प्रयोग गर्न समेत उनको सुझाव थियो ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं प्रदेश खेलकुद परिषद गण्डकीका निवर्तमान सदस्य सचिव तेज बहादुर गुरुङले यस्ता कार्यक्रमले खेलाडी र खेलकुदको विकास हुने हुदा निरन्तरता दिनुपर्ने बताए ।

उद्घाटन अवसरमा आयोजित १५ सय मिटर दौड सिनियर छात्र तर्फ चिल्ड्रेन एकेडेमीका अस्मीत श्रीपालीले स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी ५ मिनेट २ः०७ सेकेण्डमा दुरी पार गरी प्रथम हुदै स्वर्ण पदक हात पारेका हुन्। कास्की मोडनाइज एकेडेमीका प्रमोद थापाले ५ मिनेट ४ः०५ सेकेण्डमा उक्त दुरी पार गरी रजत पदक प्राप्त गरे । अक्सफोर्ड एकेडेमीका सफल गुरुङ (५ः०६ः७) ले कास्य पदक हात पारे ।

त्यसै गरी छात्रा तर्फको ८ सय मिटर दौडमा एल.पी.देवकोटाकी मेनुका अधिकारीले स्वर्ण पदक जितिन । उनले निर्धारित दुरी २ मिनेट ५८ः७ सेकेण्डमा पार गरीन्। ज्ञान ज्योतिकी पल्लवी नेपालीले ३ मिनेट १२ः६ सेकेण्डमा दुरी पार गरी रजत पदक हात पार्दा चिल्ड्रेन एकेडेमीकी ऋति बसेल (३ः१६ः०) कास्य पदक जितिन ।

उद्घाटन सत्रको अवसरमा आयोजित मार्चपास प्रतियोगितामा अन्जली बोर्डिङ स्कुल र युनिर्भस इङलिस बोर्डिङ स्कुल दुई बिद्यालयहरु प्र्रथम भएका छन्। मार्च पासमा सहभागि ४२ बिद्यालयहरु मध्य कास्की मोडनाइज एकेडेमी दोश्रो र गण्डकी एकेडेमी तेश्रो भएको छ । विजेता बिद्यालयहरुलाई ट्रफि वितरण गरिने भएको मार्चपास संयोजक कमल बहादुर मल्लले बताए ।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो । मंगलबार मार्च पास सहित विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा झाँकी समेत प्रर्दशन गरिएको सचिव मानकाजी गुरुङले बताए ।

बुधबार विहान देखि एथ्लेटिक्स, बास्केटवल, भलिवल,टि.टि. लगायतका खेलहरु हुने भएको छ । सिनियर फुटवल तथा जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगिता अन्र्तगत बुधबार देखि क्वाटर फाइनलका खेलहरु हुने भएको फुटवल खेल संयोजक राजु केसीले बताए । मंसिर २३ गतेसम्म पोखरामा संचालन हुने उक्त महोत्सवमा एन प्याब्सनमा आबद्ध ४६ बिद्यालयका करिब ७ हजार खेलाडीहरु सहभागि हुने भएको अध्यक्ष अधिकारीले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ