कास्की। सुपर मादी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले आजदेखि आईपीओ निष्कासन गरेको हो । उक्त आईपीओमा आयोजना प्रभावित स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका आवेदन दिन सक्नेछन् ।
जसमा कास्की जिल्लाको मादी गाउँपालिका–१ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, कास्की जिल्लाको मादी गाउँपालिका–३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका–२६, २७ र २८ का स्थानीय बासिन्दाले ७ लाख ३५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
यस्तै, २ लाख १० हजार कित्ताका लागि श्रम स्वीकृति लिएर विदेशमा बसी रोजगार गरिरहेका नेपालीले आवेदन दिन पाउनेछन् ।
आयोजना प्रभावित स्थानियले पुस ५ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस २० गतेसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेकाले भने पुस ५ गतेसम्म मात्रै आवेदन दिन सक्नेछन् ।
सम्बन्धित खबर
बैंकमा पैसा धेरै भएपछि राष्ट्र बैंकले ४० अर्ब खिच्दै
सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो
बढ्यो सुनचाँदीको मूल्य
सुजल फुड्सको क्यान्डी रिमझिम बल पुनः बजारमा आउँदै
घट्यो सुनचाँदीको मूल्य
डिजेल र मट्टितेलको मूल्य बढ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ