पोखरा । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष तथा महिलातर्फ एकलका विभिन्न प्रतिस्पर्धाहरु भए । सोमबार अमेरिकन खेलाडी हानु पटेलले विजयी शुरुवात गरे । उनले भारतका निकिल दोसुजालाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणको बाटो खोले । अर्को खेलमा नेपालका आर्यन गिरीले भारतका धिरज रेड्डीलाई ७–६, ६–४ ले पराजित गरे ।
पुरुष एकलतर्फका अन्य खेलहरुमा भारतका पवन गणेशले नेपालका प्रणव मानन्धरलाई ६–२, ६–४ ले पराजित गरे । भारतका श्रीनिखेत कन्दनले रसियाका फेडोर सोसेस्ड्किनलाई ६–२, ६–२ ले, भारतका भत्साल मणिकन्तनले भारतकै स्मित निलेशभाई पटेललाई ३–६, ६–२ र ६–३ ले, कोरियाका जिवन पार्कले भारतका देवर्शी सेनलाई ६–४, ६–० ले, मलेशियाका केजन केथ जोनाथनले भारतका विभु चलागुण्डलालाई ६–३, ६–३ ले, भारतका धनुष वर्माले नेपालका सृजन भट्टराईलाई ६–०, ६–० ले, ताइपेइका कि हाउ हाङले भारतका मायंक सर्मालाई ६–४, ६–२ ले पराजित गरे ।
महिला एकलतर्फको खेलमा भारतका दिशा बेहेराले नेपालका शर्मानी श्रेष्ठलाई, रसियाकी लैला आक्मेतोवाले भारतकी दिविजा मन्नेनीलाई, भारतकी गंगना मोहनले नेपालकी सुनिरा थापालाई, भारतकी कायरा सिद्धार्थ चेत्नानीले नेपालकी प्रकृती श्रेष्ठलाई, नेपालकी प्रशंसा मोत्तानले भारतकी सारान्या रामासुब्रामनियनलाई, भारतकी जानवी आस्वाले अमेरिकाकी समिक्षा अन्यमलाई पराजित गरिन् ।
महिला एकलतर्पmनै नेपालकी रायना शाहले भारतकी श्रीटिका रेड्डीलाई, नेपालकी आयसा डोल्कर गुरुङ्गले भारतकी सौरभी श्रीनिवासलाई, श्रीलंकाकी विस्मी वन्थ्राले भारतकी प्रिन्सी मन्दगलालाई, भारतकी रिदयासी पाइले नेपालकी आध्या पौडेललाई, भारतकी आर्जन खोराकिवालाले नेपालकी श्रीया भट्टराईलाई, भारतकी ईशी महेश्वरीले कोरियाकी सियोइङ जाङलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे । एक साता सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० राष्ट्रका ९९ खेलाडीले सहभागिता जनाएको आयोजक संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने