गण्डकी प्रदेश सभामा निर्विराेध चयन भएका स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सोमवार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध चुनिएका थिए । मनाङेले नेकपा एसको नीति र सिद्धान्त आफ्नो नीति र सिद्धान्तसँग मेल खाएकाले पार्टी प्रवेश गरेको उल्लेख गरेका छन् ।
मनाङले पार्टी प्रवेश गरेसँगै गण्डकी प्रदेश सभामा नेकपा एसको पनि एक सिट भएको छ । उक्त पार्टीले प्रदेश सभातर्फ एउटा पनि सिट जित्न सकेको थिएन । अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे प्रदेशका खेलकुद मन्त्री पनि हुन् ।

गठबन्धनकै सरकार बन्ने निश्चित भएकाले एसबाट मनाङे मन्त्री बन्ने चर्चा छ । नेकपा टुक्रने समयमा पृथ्वीसुब्बा गुरूङ नेतृत्वकाे क्याबिनेटमा खेलकुद मन्त्री भएका मनाङे एमालेकाे साथ छाड्दै काँग्रेस नेतृत्वकाे सरकारमा पनि मन्त्रीमा निरन्तर रहे । अब बन्ने नयाँ सरकारमा पनि मन्त्री बन्ने निश्चित गरेर नेकपा एस प्रवेश गरेकाे टिप्पणी भइरहेकाे छ ।
सम्बन्धित खबर
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते