बैतडीमा युवतीको विभत्स हत्या, अर्की किशोरी घाइते भेटिइन्

बैतडीमा युवतीको विभत्स हत्या, अर्की किशोरी घाइते भेटिइन्

death body

बैतडी । बैतडीमा एक युवतीको हत्या भएको छ। धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अवस्थामा युवतीको शव भेटिएको प्रहरीले जनाएको छ । यस्तै, उनीसँगै गएकी अर्की किशोरी भने घाइते अवस्थामा भेटिएकी छन्।

पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको शव भेटिएको हो। मायाको शव बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटिएको आवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएकी छन्। घाँटीमा धारिलो हतियार प्रहार भएर रक्ताम्य अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा उनी फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै जना मंगलबार बिहान कपडा सिलाउन भनेर घरबाट निस्किएका थिए। साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।

खोजी गर्ने क्रममा बुधबार बेलुकी स्थानीय र प्रहरीको संयुक्त टोलीले फेला पारेको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ