म्यादी प्रहरीलाई लक्षित गर्दै अश्लील शब्द प्रयोग गरेर भिडियो बनाउने युवक पक्राउ

म्यादी प्रहरीलाई लक्षित गर्दै अश्लील शब्द प्रयोग गरेर भिडियो बनाउने युवक पक्राउ

Arrest

सांकेतिक तस्बिर

काठमाण्डाै – म्यादी प्रहरीको सन्दर्भमा अश्लील शब्द प्रयोग गरेर भिडियो बनाइ युट्युब र फेसबुकमा राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको सुरक्षार्थ खटाइएका म्यादी प्रहरीलाई युट्युबमार्फत विभिन्न आक्षेप तथा लाञ्छना लगाइ समाजमा अपाच्य हुने शब्दहरूको प्रयोग गरी नकारात्मक सन्देश प्रवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका -४ हुप्राचौर निवासी २० वर्षीय ‘प्रतिक’ भनिने नवीन खड्का रहेका छन्।

पक्राउ परेका खड्कालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाण्डाै जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरिएको र सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds