काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ अन्तर्गतको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
कतारको लुसैल रंगशालामा शनिबार मेसीले ६३ औँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । मेसीले डी – बक्स बाहिरबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो । यो गोलसँगै मेसीले विश्वकपमा म्याराडोनाले गरेको गोलसँग बराबरी गरेका छन् ।
मेसीले विश्वकपमा म्याराडोनाले गरेको ८ गोलसँग बराबरी गरेका हुन् । भने, खेलको ८७औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरे ।
This will close in 3 seconds
सम्बन्धित खबर
सरकारले महिला फुटबल खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने
उपविजेता महिला फुटबल टिमलाई काठमाडौँ महानगरद्वारा नगदसहित सम्मान
उपाधिमा चुकेपछि नेपाली टोलीका प्रशिक्षक तामाङद्वारा राजीनामा
नेपाल छैटौं पटक उपविजेतामै सीमित, बङ्गलादेश दोस्रो पटक च्याम्पियन
नेपाल र बंगलादेशको फाइनल खेल पृथ्वीचोकको बीग स्क्रीनमा
साफ महिला च्याम्पियनसिप : फाइनल हेर्न टिकट बिक्री सुरू, खेल हेर्न प्रधानमन्त्री पनि रंगशाला जाने
यो पनि पढौँ
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
सृष्टि खड्का बनिन् मिस पोखरा
बदली र वर्षाको सम्भावना