पोखराकाे न्यूरोडस्थित सिटिजन फर्निचर ट्रेड लिंकले मानव सेवा आश्रममा कक्ष निर्माण गरिदिने भएको छ । पोखरा २५ हेम्जा बाबियातरामा संचालित आश्रमको निर्माणाधिन भवनमा एउटा कक्ष सिटिजनले बनाइदिने भएको हो ।
सिटिजनका संचालक दीपक कार्कीले यसका लागि ५ लाख ५५ हजार ५५५ रुपैंया हस्तान्तरण गर्ने घोषणा गरेका छन् । आफू प्रमोटर रहेको एभरेष्ट मिडिया हाउसको दोस्रो वार्षिकोत्सवका अवसरमा आश्रम पुगेका कार्कीले कक्ष निर्माण गरिदिने बताएका हुन् ।
पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले पनि एउटा कोठा निर्माण गरिदिने भएको छ । आश्रम प्राङ्गणमै आयोजित वार्षिकोत्सव विशेष कार्यक्रममा एफएमले कक्ष निर्माणका लागि लाग्ने सवा पाँच लाख रकम मध्ये पहिलो किस्ता स्वरुप १ लाख रुपैयाँ शनिबार हस्तान्तरण गरेको छ । कार्यक्रममा एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रमका पोखरा प्रमुख होमनाथ तिमिल्सिनालाई सो रकम हस्तान्तरण गरेकी हुन् ।

यसअघि एफएम सञ्चालन शुभारम्भको अवसरमा २०७७ सालमा पनि रेडियोले मानव सेवा आश्रम पोखरालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो ।
आश्रमको भवन निर्माण सम्पन्न गर्न र अक्षयकोष श्रीवृृद्धिको लागि ‘मानवताको लागि संगीतिक यात्रा’ भन्ने नाराका साथ पोखरामा आगामी पुष १२ गते नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । कन्सर्ट पोखराको नयाँबजार स्थित प्रदशनी केन्द्रमा हुने आश्रमका प्रमुख होमनाथ तिमिल्सिनाले जानकारी दिए ।
सम्बन्धित खबर
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने