पोखरा । पोखरामा सोमबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता हुँदैछ ।
नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा हुन लागेको सो प्रतियोगितामा भाग लि विभिन्न १० राष्ट्रका सय बढि टेनिस खेलाडीहरु पोखरा आइपुगेका छन् । शुक्रबार आयोजक संघले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पुरा भएको जनाकारी गराएको छ ।
सर्किट–१ र २ गरि दुई साता सम्म चल्ने प्रतियोगितामा ब्वाइज र गल्सतर्फ सिंगल्स र डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए । प्रतियोगितामा १३ देखि १८ वर्ष सम्मका खेलाडीहरु सहभागि हुनेछन् ।
पोखरा रंगशाला टेनिस कोर्टमा हुने प्रतियोगितामा चाईनिज ताईपेईबाट ५ जना, दक्षिण कोरीयाबाट १० जना, रसियाबाट १ जना, भारतबाट ३१ जना, स्पेनबाट १ जना, जर्मनीबाट १ जना, जापानबाट ३ जना ,श्रीलंकाबाट २ जना, अष्ट्रेलियाबाट २ जना र नेपालबाट ८ जना गरी जम्मा ६४ जना खेलाडीहरु प्रतियोगितामा प्रतिस्पर्धा गर्ने संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले जानकारी दिए । त्यसै गरी गर्ल्सतर्फ नेपालबाट ९ जना, भारतबाट ३७ जना, रसियाबाट १ जना, श्रीलंकाबाट १ जना, संयुक्त राज्य अमेरीकाबाट २ जना, दक्षिण कोरीयाबाट ६ जना, ताइपेबाट ३ जना, हङकङबाट १, अष्ट्रेलियाबाट ३ जना, फिलिपिन्सबाट १ जना गरी जम्मा ६४ जना गल्र्स खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
संघ कास्कीका कोषाध्यक्ष अनुज कुमार बाँस्तोलालेपोखरामा यो प्रतियोगिता पाँचौ पटक आयोजना हुन लागेको जानकारी दिंदै यसले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गरे । प्रतियोगितामा अनुमानित कूल आम्दानी २० लाख र खर्च १५ लाख लाग्ने बाँस्तोलाको भनाई छ । पोखरा महानगरपालिकाले प्रवद्र्धकका रुपमा ५ लाख सहयोग गरेको छ ।
प्रतियोगितामा सिंगल्स तर्फ विजेताले ३० पोईण्ट, रनरअपले १८ पोईण्ट, सेकेण्ड रनरअपले ९ पोईण्ट, क्वाटर फाईनलिष्टले ५ पोईण्ट र फस्ट राउण्ड जित्नेले २ पोईण्ट पाउनेछन भने डवल्स प्रतियोगिता तर्फ सिंगल्स प्रतियोगितामा पाउने पोईण्टको २५ प्रतिशत मात्र अर्थात विजेताले ७ पोईण्ट, रनरअपले ४.५ पोईण्ट, सेकेण्ड रनरअपले २.२५ पोईण्ट, क्वाटर फाईनलिष्टले १.२५ पोईण्ट पाउनेछन । पत्रकार सम्मेलनमा संघ कास्कीका सदस्य भिष्मराज पौडेलले पनि प्रतियोगिताका बारेमा जानकारी दिएका थिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते