पोखरा । कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमाले नेत्री विद्या भट्टराई अधिकारी पोखरा १८ जामुनाबोटमा पुगेर स्व.रविन्द्र अधिकारीको शालिकमा माल्यार्पण गरेकी छन्।
मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा विजयी भएसँगै उनी जामुनाबोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्कमा पुगेर बिहीबार पति रविन्द्रको पूर्णकदको शालिकमा माल्यार्पण गरेकी हुन्।
२०७६ साल फागुनमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि उपनिर्वाचनमा विजयी भट्टराई दोश्रो पटक प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएकी हुन्।

सो अवसरमा निर्वाचन क्षेत्र २(क) बाट निर्वाचित प्रदेश सभा सदस्य भिमबहादुर कार्की लगायत एमालेका नेता तथा कार्यकर्ताले विकास प्रेमी नेता स्व. रविन्द्रको शालिकमा पुष्पार्पण गर्दै भावपूर्ण श्रद्धासुमन अर्पण गरेका थिए।
यसैगरी उनीहरुले बिहीबार नै पोखरा १६ बाटुलेचौरस्थित जननेता मदन भण्डारी र जिवराज आश्रितको अर्धकदको शालिक, महेन्द्रपुलमा रहेको जनआन्दोलनका सहिद भिमसेन दाहाल, मुस्ताङचोकस्थित कम्यूनिष्ट नेता चित्रबहादुर गुरुङ, पोखरा ७ राष्ट्रबैकचोकस्थित सहिद झपिन्द्र कार्कीको शालिकमा माल्यार्पण सहित भावपूंर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।
सम्बन्धित खबर
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने