नवलपरासी । पश्चिम नवलपरासी १ मा नेपाली कांग्रेसका विनोद चौधरी फराकिलो मतान्तरले निर्वाचित भएका छन् । चौधरीले जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई ७ हजार १८७ मतान्तर पराजित गरेका हुन् ।
अन्तिम मतपरिणामअनुसार चौधरीले २९ हजार ४९५ मत प्राप्त गरे भने त्रिपाठीले २२ हजार ३०८ मत ल्याएका छन् ।
चौधरी यसअघि संविधान सभाको पहिलो निर्वाचन २०६४ मा एमाले तथा संसदीय निर्वाचन २०७४ मा कांग्रेसतर्फबाट समानुपातिकबाट सांसद बनेका थिए। उनी चर्चित उद्यमी तथा नेपालका एक मात्र खर्बपति हुन्।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ५९९ तथा जनमत पार्टीका गुलावप्रसाद चौधरीले पाँच हजार ९४४ मत प्राप्त गरे।
सम्बन्धित खबर
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश तयारी
पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो: महामन्त्री थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते