लमजुङमा कांग्रेस विजयी

लमजुङमा कांग्रेस विजयी

congres-lamjung

लमजुङ । लमजुङको दुवै प्रदेश सभा सदस्य नेपाली कांग्रेसले जितेको छ।

निर्वाचन क्षेत्र नं १ को (क) बाट कांग्रेसका टकराज गुरुङले १ हजार १६१ मतान्तरले नेकपा एमालेका जमिन्द्रमान घलेलाई हराएका हुन् ।

गुरुङले १८ हजार ५०४ मत प्राप्त गर्दा एमालेका घलेले १७ हजार ३४३ मत पाएका थिए।

प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङ नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति हुन् भने घले नेकपा एमाले केन्द्रीय सदस्य हुन् ।

प्रदेश सभा (क) मा पनि कांग्रेसकै भेषबहादुर पौडेलले एमालेका कृष्णप्रसाद अधिकारीलाई ७ सय ५४ मतान्तरले पराजित गरेका छन्।

पौडेलले १९ हजार ५५७ मत प्राप्त गर्दा एमालेका अधिकारीले १८ हजार ८०४ मत पाए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ