कास्कीमा गणक बनेर गणनास्थल छिरेका काँग्रेस नेता बास्ताेला प्रहरीको नियन्त्रणमा

कास्कीमा गणक बनेर गणनास्थल छिरेका काँग्रेस नेता बास्ताेला प्रहरीको नियन्त्रणमा

Mohan bastola 1

पोखरा । मतगणना स्थलमा छिरेका नेपाली कांग्रेसका एक जना नेतालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तथा प्रदेश सभाको मत गणना गर्ने घेराभित्र पुगेका कांग्रेसका मोहन बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बास्तोला पोखरा-११ को निवर्तमान वडाध्यक्ष हुन् ।

सुरक्षाकर्मीको नियन्त्रणमा रहेका बास्तोलाले कांग्रेसका जिल्ला नेताले दिएको पास लगाएको बताए । `गेट बाहिर साथीले दिए । यो कार्ड लगाएर आउँदा मतगणनातिर पठाइदिए´ उनले भने ।

बास्तोला मतगणना भइरहेको ठाउँमा बसेको देखेपछि एमालेका प्रतिनिधिले विरोध गरेका थिए । उनले लगाएको गणकको कार्ड जिल्ला प्रशासन कार्यालय कास्कीमा कार्यरत कर्मचारीको रहेको पाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ