चितवन । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।
सञ्चारकर्मीसँगै राजनीति र दलित अधिकारको क्षेत्रमासमेत सक्रिय ३५ वर्षीय विश्वकर्माको मंगलबार बिहान चितवन सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट काठमाडौं फर्कदै गर्दा दुर्घटनामा परेर निधन भएको हो।
बिहान साढे पाँच बजे पूर्व–पश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–६ हर्दीमा बिग्रेर राखेको भुस बोकेको ना २ ख ८५२२ नम्बरको ट्रकसँग हेटौंडाबाट नारायणगढतर्फ आइरहेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किएको थियो ।
सोही माइक्रोबसमा विश्वकर्मा गम्भीर घाइते भएका थिए। उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा लगिएकोमा बिहान साढे सात बजेतिर उनको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा अन्य चार जना सामान्य घाइते भएका छन्।
विश्वकर्माको शव अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राखिएको छ। पोष्टमार्टमपछि शव परिवारलाई बुझाउने प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
इच्छाकामना मन्दिर परिसरमा पञ्चमी मेला
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
चितवनमा बस र माइक्रो बस ठोक्किँदा ५ जनाको मृत्यु, ३ जना घाइते
बसको ठक्करबाट एक जनाको मृत्यु, २ गम्भीर घाइते
प्रहरीको थुनामा रहेका एक जना बाथरुममा मृत भेटिए
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैंडा मरे
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ