काठमाण्डौ। विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक राष्ट्र कतार २-० ले पराजित बनेको छ। कतारको अल बायत रंगशालामा भएको समूह ‘ए’ को खेलमा कतार इक्वेडरसँग २–० ले पराजित बनेको हो ।
खेलको १६ औँ मिनेटमा कतारका गोलकिपर साद अल सिबले भ्यालेन्सियामाथि फाउल गर्दा इक्वेडरले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए । कप्तान भ्यालेन्सिया नै विश्वकपको २२ औँ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने ।
यस्तै, ३१ औँ मिनेटमा भ्यालेसियाले नै हेडर गोल गर्दै इक्वेडरको अग्रता दोब्बर पारे ।
त्यसअघि खेलको तेस्रो मिनेटमा नै इक्वेडरका भ्यालेन्सियाले नै गोल गरेका थिए यद्यपी भिडियो असिस्टेन्ट रेफ्री (भार) ले त्यसलाई अफसाइड दिएको थियो ।
कतार फिफा विश्वकपको इतिहासमा उद्घाटन खेलमै पराजित हुने पहिलो आयोजक राष्ट्र बनेको छ ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
नेपालको शानदार जित‚ थाइल्याण्ड १०६ रनले पराजित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते