गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
४० को दशकको चर्चित गीत ‘विदेश जाने मायालु’ बोलको म्युजिक भिडियो रिमेक सहित बजारमा आएको छ। कुनै बेला नेपाली संगीत पारखीको रोजाइमा पर्न सफल गीतलाई झण्डै चार दशकको अन्तरलाल पछि निर्देशक रोहन नेपालीले गीतको भिडियो तयार पारेका हुन्।
लिजेण्ड: गायक, कम्पोजर, एरेञ्जर, गिटारिस्ट दीपक थापाको स्वरमा कुनै समय स्रोताको जनजनमा- मनमनमा बस्न सफल गीतलाई पोखरामा भिडियो सहित गायक थापाको उपस्थितिमा बिमोचन गरियो। थापाले आफ्नै स्वरमा रेकर्ड गराएर गीतलाई नयाँ पुस्तामाझ पस्किएका हुन्।
म्युजिक भिडियोलाई पछिल्लो समयको चल्तीका निर्देशक रोहन नेपालीले पोखरामै तयार पारेका हुन्। भिडियोमा गायक थापासँगै भगवती मल्ल, विशाल सारुमगर, सपना क्षेत्री, एरिशा गुरुङ र अनमोल रानाको अभिनय रहेको छ।
पोखरा आसपासको सुन्दर ठाउमा छायांकन गरिएको भिडियोलाई मिलन शंकरले कलात्मक रुपमा खिचेका छन्। ‘विदेश जाने मायालु’लाई भिडियोमा पनि तीन पुस्ताको प्रेमकहानीलाई देखाइएको छ।
भिडियोको बिमोचन कार्यक्रममा बोल्दै गायक थापाले पुरानो पुस्ताको स्रोतामाझ परिचित गीतलाई फेरि नयाँ पुस्तासँग परिचित हुने आशमा भिडियो ल्याएको बताए। उनले ‘विदेश जाने मायालु’ आफ्नै कथा भएको पनि सुनाए । उनले भने,’ सबैको मायाको आशा सहित भिडियो आएको छ। अहिलेको जेनेरेसनले चिन्ला कि भनेर ल्याए। अबको जेनेरेसनले सुन्यो भने मेरो गीत अमर लाग्नेछ, मिठो लाग्नेछ ।’
बिमोचन कार्यक्रममा गायक बिनोद बानियाले पोखराले पनि राम्रो काम गर्न सक्छ भन्ने कुरालाई ‘विदेश जाने मायालु’ बोलको गीतको भिडियो हेरेपछि धरेलाई थाहा हुने बताए। गायक बानियाले यस्ता खालका भिडियोले सांगीतिक क्षेत्रलाई पनि सकारात्मक फाइदा पुग्ने बताए।
भिडियोका निर्देशक रोहन नेपालीले लिजेण्ड गीतलाई आफ्नो निर्देशनमा तयार पार्न पाउदा खुशी लागेको बताए। उनले गीतको बोल अनुसार नै आफुले भिडियो बनाएको बताए।
कार्यक्रममा पत्रकार जमुना वर्षा शर्माले पछिल्लो समय पोखराको सांगीतिक क्षेत्र चलायमान हुदै गएकोमा ‘विदेश जाने मायालु’ले थप टेवा पुग्ने बताईन। पत्रकार शर्माले गीतको भिडियोले सबैको कथा बोलेको पनि बताईन्।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण