मुस्ताङ । मुस्ताङको मेसोकोन्दोपास फेदीमा शुक्रबार बिहान दुई विदेशी महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा थाइल्याण्डकी ४९ वर्षीया राटाया फिलाइसेङगसुरी र ३७ वर्षीया पेनी अरनलुम रहेका छन्।
मनाङबाट तिलिचो ताल हुँदै मेसोकोन्दो पासको अग्लो पहाड छिचोलेर मुस्ताङको ठिनी गाउँ झर्ने क्रममा समुन्द्री सतहदेखि ४२ सय मिटर अग्लो उचाइको मेसोकोन्दो पासको फेदीमा उनीहरुको मृत्यु भएको आरसल्याण्ड ट्रेकिङ एजेन्सी कम्पनीले जनाएको छ।
नोभेम्बर ११ मा लमजुङको बेसी सहरदेखि मनाङ हुँदै राउण्ड चक्रिय अन्नपूर्ण पदमार्ग यात्रामा निस्किएका १२ जना विदेशी, ८ जना भरिया र २ जना प्रथप्रर्दशक टोली गरी २२ जना समुह नोभेम्बर १७ मा तिलिचो ताल आइपुगेका थिए। विश्वकै अग्लो उचाइमा रहेको ताल तिलिचो समुन्द्री सतहदेखि ४९१९ मिटरको उचाइमा अवस्थित छ। पदमार्गमा निस्किएको सो टोली बेसी सहरबाट ६ दिनको पदयात्रापछि तिलिचो तालमा आइपुगेका थिए।
हिउँद यामसँगै अहिले तिलिचो ताल र मेसोकोन्दापास आसपास अत्यधिक चिसो बढेको छ। मुस्ताङतर्फ पर्ने मेसोकोन्दोपास समुन्द्री सतहदेखि करिव ५ हजार मिटरको उचाइमा पर्छ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो