सोलुखुम्बुको फुर्के मतदान केन्द्रमा खटिएका एक मतदान अधिकृत मृत फेला

सोलुखुम्बुको फुर्के मतदान केन्द्रमा खटिएका एक मतदान अधिकृत मृत फेला

mrita fela

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ मा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत फेला परेका छन्।

फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रहरीका अनुसार मतदान केन्द्रमै सुतेका राय बिहान ४ बजे अरु कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएका हुन्।

सर्लाही हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए। उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको खुलेको छ।

घटना बारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ