वीरगञ्जबाट १० हजार थान नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जना पक्राउ

वीरगञ्जबाट १० हजार थान नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जना पक्राउ

Arrest

काठमाण्डाै – वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जनालाई पक्राउ गरेको छ ।

गएराति वीरगञ्जको सीमानाकामा गाडीमा जाँच गर्दा बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारबाट १० हजार थान नक्कली मतपत्र र दुई सय ५० थान स्वस्तिक छाप तथा नगद दुई लाख ५० हजारसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाराको कलैया महानगरपालिका वडा नम्बर १८ को वर्ष २३ को अमिरी राउत कुर्मी र वीरगञ्ज नगरपालिका वडा नम्बर १६ बस्ने वर्ष ३३ को राजन सिंह रहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरेको नक्कली मतपत्र तथा स्वस्तिक छाप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइसकेको छ । र, यसबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds