पोखरा । नेकपा एमालेका संगठन विभाग प्रमुख एवं कास्की १(१)का उम्मेदवार खगराज अधिकारीको वडा पोखरा-३१ मा नेपाली कांग्रेसलाई नराम्रोसँग धक्का लागेको छ ।
उक्त वडाको पार्टी सभापति महेश पौडेल चुनावको मुखैमा बिहीबार नेकपा एमाले प्रवेश गरेका छन् । पौडेलसहित कांग्रेसनिकट तरुण दल जिल्ला सदस्य तथा बेगनास क्लबका पूर्वअध्यक्ष समाजसेवी राम रानाभाट र माओवादी केन्द्र निकट वाइसिएल पोखरा-३१ का अध्यक्ष हरि नेपाली पनि एमाले प्रवेश गरेका छन् ।
यी ३ जनासहित विभिन्न पार्टीका ५० जनालाई संगठन विभाग प्रमुख अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेलगायतले स्वागत गरेका थिए । काँग्रेसका वडा सभापति नै एमाले प्रवेश गरेपछि यसबाट गठबन्धनलाई धक्का पुगेकाे छ ।
नवप्रवेशीले अब देश विकासको आधार र जनताको भरोसा एमालेमात्रै भएकाले पुरानो पार्टी छोडेको बताए । गठबन्धनबाट स्वार्थ पूर्ति गर्नेबाहेक काम नहुने देखेपछि विकल्पका रुपमा एमाले रोजेको उनीहरुको भनाइ छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ