मन्त्रीबाट बर्खास्त भएपछि कुमार खड्काले भने – ‘मुख्यमन्त्रीबारे सनसनी अडियो, भिडियो ल्याउँछु’

मन्त्रीबाट बर्खास्त भएपछि कुमार खड्काले भने – ‘मुख्यमन्त्रीबारे सनसनी अडियो, भिडियो ल्याउँछु’

kmr khdka

पोखरा । बर्खास्त भएका गण्डकी प्रदेशका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबारे सनसनी अडियो, भिडियो ल्याउने धम्की दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले आफूलाई बर्खास्त गर्नुको कारण नभने चुनाव लगत्तै अडियो, भिडियो सार्वजनिक गर्ने धम्की दिएका हुन् । ‘चुनाव लगत्तै उहाँले चित्तबुझ्दो जवाफ नदिए सनसनी अडियो, भिडियो ल्याउँछु’ – उनले भने ।

मंगलबार बर्खास्त भएका खड्काले आफू बर्खास्तीमा पर्नुको कुनै कारण नभएको बताए । पछिल्लो समय मुख्यमन्त्री पोखरेलसँग आफ्नो सम्बन्ध चिसिएको र केही योजनाका कारण आफ्नो पद गएको हुन सक्ने उनको आँकलन छ । ‘माइतिघाट झोलुंगे पुल १०० करोड हालेर बनाउने उहाँको योजनामा मैले विरोध गरें, त्यही पनि एक कारण हुन सक्छ ।’ – उनले भने ।

अबको क्याबिनेट बैठकमा पूर्व मुख्यमन्त्री तथा मन्त्रीहरुलाई गाडीसहितको सुबिधाबारे प्रस्ताब ल्याउन सक्ने भन्दै उनले आफु सहित केहि मन्त्रि बिरोधमा रहेको पनि खुलासा गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds