पोखरा । नेकपा (एमाले) को तर्फबाट कास्की क्षेत्र नम्बर २ (१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्की विकास र समृद्धिको नेतृत्व एमालेले मात्रै गर्न सक्ने बिगतको आफ्नो पार्टिको नेतृत्वको सरकारले देखाइसकेको अब पनि बिकास कस्तो हुन्छ भन्ने कुरा एमालेले देखाउने दाबी गरेका छन ।
निर्वाचन अभियानको क्रममा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पोखरा महानगरका विभिन्न स्थानमा जनसाक्षात्कार गर्न पुगेका एमाले उम्मेदवार कार्कीले सुशासन, विकास, समृद्धि र समानताका लागि ५ बर्षे नीति तथा कार्यक्रम सार्बजनिक गरेको भन्दै एमालेका ट्वान्टी ग्यारेन्टी नै विकासको नेतृत्व गर्ने खाका भएको उल्लेख गरे।
कार्कीले जस अन्तर्गत बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र, दिगो आर्थिक विकास, उच्च आर्थिक वृद्धिदर, भूमिको वैज्ञानिक व्यवस्थापन, कृषि भूमिमा पानी सिंचाइमा लगानी सहकारीबाट व्यवसाय प्रवर्द्धन गर्दै नागरिकको आर्थिक उन्नयन, औद्याेगिकिकरण मार्फत अर्थतन्त्रको रुपान्तरण, पर्यटन र संस्कृति राष्ट्रको समुन्नति, राष्ट्रका लागि युवा युवाका लागि एमाले, कमाइ युवाको रमाइ, पढाइ भविष्यकाे जग बसाइ, खेतबारीमा पानी स्वदेशमा जवानी, फ्री युनिट पचास युनिट्व, दिन दिनै सडक बिस्तार बिकासका पूर्बाधारको आधार, स्वस्थ महिनाबारी १५ सय बर्षभरी, हाम्रो नेपाल निरोगी नेपाल, मर्यादित श्रम सुरक्षित रोजगारी अघि सारेको बताए।
कार्कीले स्वस्थ खानेपानी जनताको हकलाई सम्बोधन गर्न फ्री मिटर दस हजार लिटर, अब भोकै कोहि नेपाली बस्नु नपर्ने अबस्था सृजना गर्न हङ्गर नो लङ्गरको अबधारणा अघि सारेको भन्दै उत्पादन स्वदेशी बजार बिदेशी, सुरक्षित छाना सबैको चाहाना, नो लाइन सेवा अनलाइन फाइभजि संचार आइ टिमा चमत्कार लगाएतका कार्यक्रम घोषणा गरेको र अब बन्ने एमाले सरकारले पूरा गरेरै छाड्ने बताए।
उनले समृद्ध गण्डकी निर्माणका लागि योजना सुनाउदै बिकास अभियान ब्यबस्थित बनाउने, मितब्ययी र स्वाबलम्बी प्रदेश सरकार निर्माण गर्दै भुमिहिन तथा अव्यवस्थित गरिरहेकाहरूलाइ जग्गाको मालिक बनाउने, देशमा विद्यमान महङ्गी, भ्रष्टाचार र कुरितिलाइ न्यूनीकरण गर्दै लाने, अत्याधुनिक तबरले पोखराको ट्राफिक ब्यबस्थापनमा भुमिका खेल्ने, गण्डकी प्रदेशलाइ अन्तर्राष्ट्रिय ब्यापारको केन्द्र बनाउदै कृषि, पर्यटन र शिक्षाको हब बनाउने, प्रदेशको बिकासका सूचकांक र न्युनतम पूर्बाधारलाइ क्रमशः बलियो बनाउने, पोखराको फोहोर ब्यबस्थापन दीर्घकालीनरूपमा समाधान गर्ने आफ्नो क्षेत्रमा एक वडा एक सुविधाजनक अस्पताल र प्राबिधिक शिक्षा सहित बहुमुखी क्याम्पस संचालनमा भुमिका खेल्ने,क्षेत्र भित्र पर्ने वडाहरू जोड्न मोटरेबल पूल र सडक निर्माण गर्दै पोखरा वरिपरिका डाडाहरूलाइ ग्रीन हिल सिटिमा परिणत गरि एक वडा एक आकर्षक पर्यटकिय गन्तव्यको योजना कार्कीले सुनाए।
कार्किले यति गर्न सके आफ्नो पार्टीको महानगरीय बिकासको अबधारणा साकार भएर तिब्र आर्थिक बिकासमा अघि बढ्ने उनको दाबी रहेको छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो