पोखरा । नेकपा (एमाले)को तर्फबाट कास्की क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई र २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीलाई मतदाताले एमालेको मात्रै उम्मेदवार नभएर सबैको साझा उम्मेदवार भएको प्रतिक्रिया दिएका छन् ।
निर्वाचन अभियानको क्रममा पोखरा महानगर वडा नम्वर २१ र ३३ मा पुगेका एमाले उम्मेदवार कार्कीलाई आफ्नो क्षेत्रका माटो र भुगोल बुझेर काम गर्न सक्ने मनको सारथि भएको भन्दै पोखरा ३३ का स्थानिय मनोज आचार्यले उक्त क्षेत्रमा एमालेले उल्लेखनीय काम गरेकोले अबको रोजाई पनि एमाले नै रहने बताए ।
‘यो क्षेत्रमा काम र विकास गर्ने पार्टी एमालेकै उर्जाशिल उम्मेदवार मात्रै भएको हुँदा सधैंको मन र मतमा तलमाथि नगर्ने ठाउँ हो ।’ आचार्यले भने –‘हाम्रो क्षेत्रले आफ्नो ठाउँको मात्रै नभएर राष्ट्रको समृद्धिको योजनाकार रविन्द्र अधिकारीलाइ हुर्काएको सम्झना छ । हामीले फेरि यो क्षेत्रमा नेपाली राष्ट्रिय राजनीतिमा प्रभावशाली भुमिका खेल्न सक्ने विकासका अगुवा नेता जन्माउने हुर्काउने र चम्काउने अवसर पाएका छौँ । यो अवसर चुकाउने छैनौं ।’

स्थानिय दिपेन्द्र अधिकारीले सधैं यो क्षेत्रको उन्नति र विकासमा लाग्ने उम्मेदवार पाएको भन्दै हिजो एमालेले गर्यो,अबको पाँच वर्ष पनि स्पष्ट बहुमत सहितको सरकार निर्माण गर्ने गरि एमालेका उम्मेदवारहरूलाई नै मन र मत दिन आग्रह गरे ।
सो अवसरमा उम्मेदवार कार्कीले क्षेत्र नम्वर २ को विकासकै लागि उम्मेदवारी दिएको बताउँदै जनमत र विश्वासमाथि कहिल्यै दाग नलाग्ने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले समृद्ध नेपाल निर्माणको आधार प्रदेश र संघमा एमालेको सरकार भएको हुँदा भ्रममा नपर्न उनले मतदाताहरूलाई अपिल समेत गरेका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन