गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

kumar-khadka

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन्।

मंगलबार मुख्यमन्त्री पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री खड्कालाई बर्खास्त गरेका हुन्।

मुख्यमन्त्री पोखरेल र कानूनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको बताइएको छ। साथै, पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप खड्कालाई लगाइएको छ।

खड्कालाई बर्खास्त गरेर मुख्यमन्त्री पोखरेलले उक्त मन्त्रालय आफैंसँग राखेका छन्।

खड्का २०७४ सालमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद भएका थिए।

यसअघि मुख्यमन्त्री पोखरेलले ऊर्जा मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ