युवाको उत्साहपूर्वक साथ पाएको छु: दिपक माइला

युवाको उत्साहपूर्वक साथ पाएको छु: दिपक माइला

Dipak gurung28

कास्की क्षेत्र नम्बर १ (ख) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले युवापुस्ताको निकै साथ पाएको बताएका छन् । उनले घरदैलो कार्यक्रममा जहाँ–जहाँ पुगेपनि युवाहरुको उल्लेख साथ पाएको बताए ।

‘आफ्नो भुगोल अन्तर्गतका ठाउँहरुमा घरदैलो कार्यक्रममा पुग्दा युवा साथीहरुको उत्साहपूर्वक सहभागीता पाएको छुँ,’ उनले भने, ‘आज सम्म कुनै पनि पाटीमा नखुलेका युवा साथी म प्रति विश्वास गरेर घरदैलो कार्यक्रममा सँगसँगै हिँड्नु भएको छ । उहाँको साथ र सर्पोटले चुनाव जितेको आभास दिलाएको छ ।’ उहाँहरुल निकै आशा र अपेक्षा आफूबाट गरेको उनले सुनाए ।

उम्मेदवार गुरुङले आफ्नो प्रतिबद्धतामा पनि युवावर्गको सीप र क्षमताको विकास गरि स्वरोजगार बन्न अभिप्रेरित गरिने भनेर उल्लेख गरेका छन् । ‘लागुऔषध दुव्र्यसनी विरुद्ध युवाहरुका लागि सचेतनामुलक अभियान सञ्चालन गरिनेछ,’ प्रतिवद्धतामा उल्लेख छ, ‘युवाहरुको लागि एक वडा एक उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।’

गुरुङले घरदैलो कार्यक्रममा गर्दै धेरै मतदातासँग मतको अपिल गरेका छन् । उनले २०४८ सालदेखि मत राख्दै आएका मतदाताहरु अहिले निरास हुँदै आएको प्रतिक्रिया पाए । ‘घरदैलोमा पुग्दा कति मतदाताले मत किन हाल्ने हो भन्ने निरासा छाएको छ,’ उनले भने, ‘केही नयाँ मतदाता पनि हुनुहुन्छ, जसले सोंचे जस्तो उम्मेदवार पाएका छौं । भोट हाल्छौं । यस्तै मिश्रित प्रतिक्रिया पाएको छु ।’ गुरुङले मतदातासँग आफूलाई नेताको रुपमा नहेरि जिम्मेवारी वहन गर्ने सेवकको रुपमा लिन आग्रह गरेका छन् । उनले जनताको सपनालाई जिम्मेवारीको रुपमा लिएर हरेक दिन, हरेक समय लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ