पोखरामा नक्कली सुन धितोमा राखी वाणिज्य बैंकबाट २४ लाख बढी रकम लिएर ठगी गर्ने पक्राउ

पोखरामा नक्कली सुन धितोमा राखी वाणिज्य बैंकबाट २४ लाख बढी रकम लिएर ठगी गर्ने पक्राउ

Sunar

पोखरा । नक्कली गरगहनाहरु बनाई धितोमा राखी कर्जा लिएर ठगी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पर्वत जिल्ला कुश्मा नगरपालिका -३ स्थायी घर भइ हाल पोखरा महानगरपालिका -१८ सराङकोट बस्दै आएका २५ वर्षीय अभिषेक सुनारलाई नक्कली सुनका गरगहना धितोमा राखेर कर्जा लिएर ठगी गरेको आरोपमा पक्राउ गरेको हो।

   सुनारले वाणिज्य बैंकमा धितो स्वरूप राखेका नक्कली सुनका गरगहना

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार सुनारले लामो समयसम्म कर्जाको साँवा बुझाउन नआएपछि शंका लागि उनले धितोमा राखेको गरगहना चेक गर्ने क्रममा कमसल सुन प्रयोग गरी गरगहना तयार गरेको खुलेको हो। सुनारले पोखरा -१७ बिरौटास्थित राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार र पोखरा -८ पृथ्वीचोकस्थित वाणिज्य बैंकबाट ७ लाख ४५ हजार गरी कूल २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएको प्रवक्ता तिवारीले जानकारी दिए।

हाल पक्राउ परेका उनीमाथि विश्वास घात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थपको अनुमती लिएर आवश्यक अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

साथै अनुसन्धानको क्रममा सुनारले धितोमा राखेका गरगहनाहरू नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीमा चेक जाँचको लागि पठाइएकोमा उक्त गरगहना नक्कली सुनबाट तयार गरिएको भन्ने परीक्षण प्रतिवेदन प्राप्त भएको पनि सुचनामा जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ