पोखरा–जोमसोम हवाई रूटमा मौसम सम्बन्धी जानकारी दिने क्यामेरा जडान हुने

पोखरा–जोमसोम हवाई रूटमा मौसम सम्बन्धी जानकारी दिने क्यामेरा जडान हुने

camera-jomsong

पोखरा । पोखरा–जोमसोम हवाई रुटमा क्यामरा जडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ ।

यस रूटमा मौसम सम्बन्धी जानकारी दिने क्यामेरा जडान गर्न केन्द्र र प्राधिकरणबीच समझदारी भएको हो ।

नेपालको भौगोलिक जटिलता एवं मौसमी विविधतालाई मध्यनजर गर्दै हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो एवं विश्वसनिय बनाउन पोखरा जोमसोम पोखरा हवाई रूटमा मौसम सम्बन्धी जानकारी दिने क्यामेरा जडान गर्न लागेको प्राधिकरणले जनाएको छ ।

प्रस्थान विन्दु र गन्तव्य बिन्दुको मौसम सफा हुँदा उडेका जहाजहरू इनरुटमा हुने खराब मौसमका कारण दुर्घटनामा पर्ने जोखिम हिमाली भेगमा बढी हुने गरेको छ । यसको न्यूनीकरण गर्न यस्ता क्यामरा उपयोगी हुने बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ