पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट गण्डकी प्रदेश समानुपातिक उम्मेदवार सुनीता केसी यतिबेला पार्टीको पक्षमा मत माग्दै जनताको घरदैलोमा छिन् । सहिद क्षेत्रबहादुर केसी पत्नी सुनीता घरदैलोमा गईरहँदा मतदाताहरुले उनको श्रीमानको योगदानको सम्झना अहिलेसम्म पनि गरेका छन् । क्षेत्रबहादुर केसीले पोखरासँगै हालको वडा नम्बर १४ मा पुर्याएको योगदान अतुलनीय भएको मतदाताहरुले बताएका छन् ।
मतदाताको घरदैलोमा पुग्दा मेरा दिवंगत श्रीमानप्रति जनताहरुले देखाएको माया देखेर म आफैँ अचम्मित भएकी छु । सुनीताले भनिन् यस्तो खालको सम्मान राजनीति गर्ने व्यक्तिले मात्र पाउँछन् भन्ने कुरा मैले थाहा पाएँ । श्रीमान् दिवंगत भएको २ दशक पुग्न लाग्दा समेत जनताले उनलाई दिएको सम्मान देखेर आफूलाई राजनीतिमा लाग्न अझै बढि प्रेरणा मिलेको सुनीताले बताईन् । जनताले समस्या बुझ्ने र काम गरेर देखाउने जनप्रतिनिधि खोजेको बताउँदै उनी आफू पनि श्रीमानकै बाँकी सपना पूरा गर्नका लागि राजनीतिमा होमिएको बताईन् ।
मेरो श्रीमानले समाजमा जे काम गर्नुभयो सबै जनताको हितमा गर्नुभयो । त्यसैले त मानिसहरु अहिलेसम्म पनि उहाँलाई बिर्सन सकिरहेका छैनन् । सुनीताले भनिन् म उहाँकै पदचाप पछ्याउँदै राजनीतिमा होमिएकी हुँ । अबको मेरो राजनीतिक जीवन पनि पूर्ण रुपमा समाजकै लागि हुनेछ । केसी परिवारप्रति जनताले गरेको विश्वासलाई आफूले कहिल्यै पनि मर्न नदिने सुनीताले वचन दिईन् ।

स्वर्गीय क्षेत्रबहादुर केसी राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत बनेका थिए । पोखरा नगर विकास समितिको अध्यक्ष समेत भएर काम गरेका केसी तत्कालिन वडा नम्बर १४ को अध्यक्ष भैसकेका व्यक्ति हुन् । केसीलाई द्वन्दकालमा तत्कालिन माओबादीहरुले गोली हानी हत्या गरेका थिए ।
यतिबेला सुनीता पोखरा र लेखनाथ लगाएका क्षेत्रका मतदाताहरुसँग भेटघाट गरिरहेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट समानुपातिक प्रदेश उम्मेदवार बनेकी सुनीताले पार्टीप्रति पनि आफू जिम्मेवार भएर विकास र सम्बृद्धिको काममा लाग्ने प्रतिबद्धता जनाईन् ।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने