सुकुम्बासी र बसपार्कलाई फगत राजनीति गर्ने मुद्दा मात्र नबनाऔँः अरुण गिरी

सुकुम्बासी र बसपार्कलाई फगत राजनीति गर्ने मुद्दा मात्र नबनाऔँः अरुण गिरी

27arun2

पोखरा । कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै गर्दै आएको बताएका छन् । सुकुम्बासी समस्यालाई समाधान गरि व्यवस्थित शहरीकरण गर्नका लागि नीतिगत रुपमै ‘स्मार्ट मुभ’ गर्न आवश्यक रहेको उनको भनाई छ ।

हाल चुनावी प्रचारको क्रममा मतदाताहरुको घरदैलोमा पुगिरहेका अरुण गिरी आईतबार पोखरा ९ नयाँबजार, पृथ्वीचोक, बसपार्क लगाएतका स्थानमा पुगेका थिए । आफ्नो निर्वाचन क्षेत्रको ६ वटै वडालाई समेट्ने गरि घोषणापत्र सार्वजनिक गरिसकेका गिरीले व्यवस्थित बसपार्क र सुकुम्बासी समस्यालाई पनि त्यसमा समेटेका छन् । घरदैलोको क्रममा गिरीले घोषणापत्रअनुसार नै आफू निर्वाचित भएपछि काम गरेर देखाउने प्रतिबद्धता दोहोर्याए ।

गिरीले पोखराको मूख्य शहर क्षेत्रलाई मौलिक रुपमा व्यवस्थित गरि बुटिक सिटीको रुपमा विकास गर्ने आफ्नो परिकल्पना रहेको सुनाए । ‘यो क्षेत्रको व्यवस्थापन निकै गज्जबसँग गर्नुपर्ने देखिन्छ । शहरलाई सुन्दर अनि पर्यटकीय महत्वको बनाउनका लागि म सँग कार्ययोजनाको ब्लुप्रिन्ट नै छ ।’ गिरीले भने -‘सुकुम्बासीहरुको मागको उचित सम्बोधन गरि व्यवस्थित बसपार्क र शहरको परिकल्पनालाई साकार पार्नतर्फ लागिहाल्नुपर्ने बेला आएको छ ।’ केन्द्र, प्रदेश र स्थानीय सरकारले सँयुक्त रुपमा सुकुम्बासी समस्यालाई हल गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा गिरीको जोड थियो । नत्र भने मा सुकुम्बासी समस्या र बसपार्क व्यवस्थापनको सवाल हरेक चुनावमा ठुला भनेका राजनीतिक दलहरुले फगत राजनीति गर्ने एउटा वहाना मात्र हुने गिरीले बताए ।

त्यस्तै अर्को सन्दर्भमा गिरीले सेती नदी दोहनलाई रोक्नुपर्ने बताए । उनले सेती नदीसँगै तटीय क्षेत्रको विकासका लागि ठुलो धार्मिक आस्थाको परियोजना संचालन गर्न सके त्यस क्षेत्रको स्तरोन्नी गर्न सकिने बताए । विभिन्न समुदाय र धर्मका मानिसहरुको आस्थासँग सेती नदीको विरासत जोडिएकोले आफूले त्यस क्षेत्रलाई धार्मिक हिसाबले नै विकास गर्न पहल गर्ने गिरीले बताए ।

घरदैलोको क्रममा गिरीलाई स्थानीय मतदाताहरुले ठुलो समर्थन देखाएका थिए । फरक र विशेष सोँचसहित सबैको साझा मुद्दालाई समाधान गर्ने सोँचसहित चुनावमा होमिएको गिरी जस्तो युवा अहिलेको आवश्यक भएको मतदाताहरुले बताएका थिए । साथै यो पटकको चुनावमा पोखराले पनि उदाहरण बनेर देखाउने भन्दै समस्यामा राजनीति गर्ने ठुला दलहरुको शैलीप्रति उनीहरुले चित्त दुखाएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ