विकास निर्माणको नीति बनाउँछु: दीपक

विकास निर्माणको नीति बनाउँछु: दीपक

dipak gurung26

पोखरा । निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनैतिक पार्टीका उम्मेदवार प्रचारप्रसारमा जुटिरहेका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्यका उम्मेद्वार दिपक गुरुङ ‘माइला’ पनि मतदातासँग भेटघाटमा व्यस्त छन् । उनले आफ्नो क्षेत्रका विभिन्न वडा–वडामा पुगेर घरदैलो गरी गठबन्धनको पक्षमा मत मागेका छन् ।

गुरुङ शनिबार पोखरा–१२ का बाँकी रहेका टोलमा घरदैलो कार्यक्रम गरे । उनले देशलाई समृद्ध बनाउने र समृद्धिको बाटोमा देशलाई डो¥याउन सके जनता खुशी हुने व्यक्त गरे । उनले विकास निर्माणको नीति बनाएर मुलुकलाई अघि बढाउने मतदातासमक्ष प्रतिज्ञा गरेका छन् ।

पर्यटन पूर्वाधार र रोजगारी, शिक्षा र स्वास्थ्य, कृषि, खानेपानी र सिँचाई, उर्जा तथा जलस्रोत, युवा तथा खेलकुद र महिला तथा बालबालिका क्षेत्रमा बढी काम गर्ने उनले प्रतिवद्धता जनाए । ‘स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न मेरो उम्मेद्वारी हो,’ उनले भने, ‘सुशासन, समृद्धि र विकासको लागि तपाईको मतको आवश्यक छ ।’ उनले मतदाताका गुनासा सन्दै निर्वाचित भएपछि विकास निर्माणको काममा ढिलाई नगर्ने प्रतिवद्धता जनाएका छन् ।

‘सडक सञ्जाल नजोडिएको ठाउँमा विकासको पूर्वाधार थप्दै सडकहरुको स्तरोन्नति जोड दिनेछु,’ उनले भने, ‘मेरो क्षेत्रमा मादी गाउँपालिका पर्ने हुँदा त्यहाँको पर्यटन जोड्ने याङजाकोट जोड्ने बाटो, पोखरादेखि सिक्लेस,मिजुरे, ताङतिङ, लिप्यानी, भाचोक, वार्चोक, माझठाना, अर्बा र विजयपुर जोड्ने सडकलाई स्तरउन्नती गर्नेछु ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ