पोखरा महानगरपालिका वडा नं -१५ को ५ औँ संस्करणको बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
पोखरा -१५ फलेपाटनस्थित श्री सिद्ध उच्च माध्यमिक विद्यालय परिसरबाट सुरु भएको सफाइ अभियान कोल पाटन हुँदै राधे राधे मन्दिरसम्म पुगेर सम्पन्न भएको हो।
सफाइ कार्यक्रममा सहभागी सबैलाई सम्बोधन गर्दै वडाका वडा अध्यक्ष तोरण बहादुर बानियाँले ‘हाम्रो वडा राम्रो वडा’ बनाउने अभियान स्वरूप सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइएको बताए।

विशेष गरी आजको सफाइ कार्यक्रम आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा चुनावको मतदान केन्द्रलाई लक्षित गरी अभियान चलाइएको वडा सदस्य आशिष भण्डारीले बताए। उनले पोखरा -१५ का दुई मतदान केन्द्र श्री सिद्ध उच्च माध्यमिक विद्यालय र वडा कार्यालय अगाडिको मतदान केन्द्रलाई केन्द्रित गरी सरसफाइ गरिएको बताए। साथै सफाइ अभियानमा सहभागी टोल विकास संस्था, आमा समूह, युवा क्लब लगायत उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी शृङ्खलामा पनि वडावासीको सहभागिता रहने उनले विश्वास व्यक्त गरे।

अभियानमा सहभागी सबैलाई वडा सदस्य तथा कार्यपालिका सदस्य मन्दिरा परियाले मास्क तथा ग्लोब वितरण गरेकी थिइन्।
सफाइ अभियानको छैटौँ शृङ्खला आगामी मङ्सिर २४ गते हुनेछ।







सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो