रोहितकुमार बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान

रोहितकुमार बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान

Rohit-Kumar-Paudel

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा नियुक्त गरेको छ।

क्यानले सन्दीप लामिछाने निलम्बनमा परेपछि रिक्त रहेको पदमा शुक्रबार साँझ रोहितलाई नियुक्ती दिएको हो।

नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला खेल्दैछ। त्यसैको पूर्वसन्ध्यामा क्यानले नयाँ कप्तान नियुक्त गरेको हो।

रोहितले अब सन्दीप लामिछानेको स्थान लिनेछन्। केन्या टुरमा रोहितले ५० ओभरको खेलमा नेपालको कप्तानी गरिसकेका छन्। यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए।

रोहितले नेपालको यू–१९ उमेर समूहको कप्तानी गरेका थिए।

क्रिकेट संघले शुक्रबार नै नेपाली टिमको घोषणा गरेको छ, जसमा हरिशंकर साहले पनि स्थान बनाएका छन्।

ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, भीम सार्की। कमल सिंह ऐरी, आदिल खान, अर्जुन साउद र गुल्सन झा पनि टोलीमा छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds