‘जनताको विश्वासलाई कहिल्यै घात गर्ने छैन’ – मनबहादुर गुरूङ

‘जनताको विश्वासलाई कहिल्यै घात गर्ने छैन’ – मनबहादुर गुरूङ

Man Gurung (1)

आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरूङले जनता र पार्टीले गरेको अपार विश्वास र माया माथि आफुले कहिल्यै घात नगर्ने बताएका छन् ।

चुनाव केन्द्रित घरदैलो कार्यक्रम अन्तर्गत मादी गाउँपालिकाका मतदातासँग उनले विगतमा आफ्नो पार्टीले गरेका कार्यहरु प्रस्तुत गर्दै अबको ५ बर्ष जनताको शिर अझै उचो हुने गरि काम गर्ने प्रतिवद्धता जनाए ।

नेकपा एमालेका कास्की जिल्ला अध्यक्ष समेत रहेका गुरूङले एमाले नेतृत्वको सरकारका पालामा भुमिहिन तथा अव्यवस्थित बसोबास गर्ने जनताको पक्षमा काम गर्दा गर्दै वर्तमान सरकारले हटाएको बताउँदै अब बन्ने एमालेको सरकारले भुमिहीनलाई जग्गाको मालिक बनाउने गरी काम गर्ने हुँदा सोको लागि बहुमत सहितको एमालेको सरकार निर्माण गर्न को लागि सुर्य चिन्हमा मतदान गर्न सबैलाई अनुरोध गरे।

एमाले सधै राष्ट्रहित र समृद्धिका लागि अहोरात्र खटेको भन्दै उनले अबको ५ बर्ष खेर नजाने गरि आफू जनताको काममा लागिरहने स्पष्ट पारे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ