‘निर्वाचनपछि पनि तपाईंसँगै हुन्छु’

‘निर्वाचनपछि पनि तपाईंसँगै हुन्छु’

dipak gurung 24

आसन्न निर्वाचनको लागि गण्डकी प्रदेशसभा सदस्यका लागि कास्क क्षेत्र १ (ख) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले निर्वाचनपछि पनि जनताको साथमै रहने बताएका छन् ।

घरदैलो कार्यक्रममा मतदातासँग गुरुङले निर्वाचित भएपछि पनि सँगै साथमै रहने काम गर्ने बताए । उनले निर्वाचित गराउने मतदाताको कहिल्यै मन नदुखाउने प्रतिवद्धता जनाए । ‘मतदाताले दिएको माया, र साथलाई जिवनभर भुल्ने छैन् । सम्झनालायक काम गरेर देखाउनेछु,’ उनले भने, ‘यस क्षेत्रका जनताका उति ठूला समस्या छैनन् । माइनर समस्यालाई नि विशेष रुपमा हेर्नेछु ।’ यस वडामा पर्ने नागिन टोल, औद्योगिक क्षेत्र र रामघाटमा बसोबास गर्ने सकुम्बासी बस्तीलाई थप व्यवस्थित बनाउने उनले सुनाए । सेतो पूर्जाको आधारमा खानेपानी र बत्ती उपभोग गर्दै आएका सुकुम्बासीको व्यवस्थापनमा सधै आवाज उठाइरहने गुरुङले बताए ।

उनले यो पटक परिवर्तनको लागि मत राख्न मतदातासँग आग्रह गरे । ‘समाज परिवर्तनको लागि पनि नयाँ भिजन भएको उम्मेदवारलाई मत राख्नुहोला । म पनि युवा हुँ । युवाको केही न केही देश विकासको सपना देखेको हुन्छ,’ उनले भने, ‘अब मत राखेर पछुत्याउने काम नगर्न आग्रह गर्दछु ।’

उनले अबको बाटो विकास र समृद्धिको हुँदा प्रदेशलाई सोही अनुसार अगाडि बढाउने उद्धेश्य रहेको उनले मतदाता समक्ष सुनाए । ‘विकासको लागि राजनीतिक पूर्वग्रह राख्नुहुँदैन् । सबै मिलेर विकास गर्ने हो,’ उनले भने, ‘हामी पाँच दल मिलेर आएका छौं । यसले पक्कै पनि समाज, प्रदेश र देशलाई फाइदा पुग्नेछ ।’ देश राजनीतिक चपटोमा परेको हुँदा आगमी निर्वाचन पछि काँग्रेसको बहुमतको सरकार बन्ने उनको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ