पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यमा पाँच दलीय गठबन्धनका साझा उमेदवारका रामजीप्रसाद बराल जीवनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ३ हजार मिटरको रनवे बनाउन पहल गर्ने बताएका छन् ।
विहिबार पर्यटन व्यवसायीहरु सँगको छलफलमा उमेदवार बरालले गण्डकी प्रदेश र राजधानी पोखरा क्षेत्रको बृहत विकासको लागि कम्तिमा पनि विमानस्थलमा ३ हजार मिटरको रनवे आवश्यक हुने भएकोले त्यसको लागि आवश्यक पहल गर्ने बताएका हुन् ।

पर्यटन व्यवसायीहरुले पोखरामा नयाँ विमानस्थल निर्माण भएपछि पर्यटनको प्रबद्र्धन हुने विश्वासका साथ ठुलो लगानी गरे पनि हाल निर्माण भएको विमानस्थलबाट धेरै विदेशी पर्यटकहरु भित्राउन नसकिने बताएपछि गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहेका उमेदवार बरालले स्थानियको माग अनुसार रनवे विस्तार गर्ने प्रकृयामा सबैको साथ सहयोगको अपेक्षा भएको बताए ।
पोखरा विमानस्थलमा हालै निर्माण भएको २ हजार ५ सय मिटरको रनवेका आधारमा करिब ७५ सिटे हवाई जहाज आउने भएकोले कम्तिमा पनि २ सय सिट क्षमताको विमान तेश्रो मुलुकदेखि आउने वातावरण निर्माण गर्न सकेमात्र पोखरा क्षेत्रमा पर्यटनको विकास हुने नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने